काँचो स्याउ सुर्खेत आउन थालेपछि रोक लगाइयो

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १९ श्रावण २०८०, शुक्रबार १२:०९

सुर्खेत । जुम्लाबाट बढ्दै गएको काँचो स्याउ निर्यात रोक्न सिफारिस अनिवार्य गरिएको छ । कर्णाली प्रदेशसभाका सदस्यहरूले काँचो स्याउ बिक्रीवितरण रोक्न माग गरेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले जिल्ला प्रशासन कार्यालय र कृषि विकास कार्यालय जुम्लालाई काँचो स्याउ निर्यातमा रोक लगाउन निर्देशन दिएका हुन् ।

मन्त्री शर्माको निर्देशनबमोजिम बुधबार कृषि विकास कार्यालय जुम्लाले स्याउ निर्यातमा अनिवार्य सिफारिस लिनुपर्ने निर्णय गरेको हो । अपरिपक्व अवस्थामै स्याउ जिल्ला बाहिर निर्यात भई जुम्ली स्याउको महत्व घट्दै जान थालेपछि स्याउ निर्यातमा सम्बन्धित निकायको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ ।

साउनमा पाक्ने गाला, चक्लेटीलगायतका स्याउका लागि कृषि विकास कार्यालय तथा सम्बन्धित गाउँपालिका अन्तर्गतको कृषि शाखाबाट सिफारिसका आधारमा मात्रै निर्यात हुनेछ ।

यस्तै, डेलिसियस, रेड डेलिसियस लगायतका जातका स्याउका लागि आउँदो भदौ १० गतेपछि प्राविधिकहरूको सिफारिसका आधारमा मात्रै टिप्न र निर्यात गर्न पाइने निर्णय भएको छ । जुम्लामा ४ हजार २ सय ५० हेक्टरमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख गरीएको छ ।

Next Post

जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु 

१९ श्रावण २०८०, शुक्रबार १२:०९
जाजरकोट । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका–४ सार्कीगाउँका तुले सार्की रहेका छन् । बिहीबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा उनको मृत्यु भएको र उनकी आमा दिल्ली सार्की सिकिस्त बिरामी भएको बारेकोट गाउँपालिका–४ का वडाध्यक्ष विष्णु रावतले जानकारी दिए । उनकाअनुसार तुलेकी […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031