
सुर्खेत । कलाकार धर्मराज गिरीको ‘बैशालु उमेर नाच्दिन्छु घुमेर’ नामक तीज गीत सार्वजनिक भएको छ । सर्जक गिरीको लय/शब्दमा तीजको नयाँ कोसेली बजारमा आएको हो । उनले “धर्मराज गिरी अफिसियल” युट्युब च्यानलबाट शुक्रवार गीत सार्वजनिक गरेका हुन् ।
गीतमा चर्चित गायिका टीका पुनको आवाज दिएकी छन् भने भिडियोमा मोडेल दीक्षा गिरीको अभिनय रहेको छ । डी प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको गीतको छायाङ्कन अर्जुन सापकोटाले गरेका छन् । गीतको पोस्ट प्रोडक्सनको काम श्रीनाथ फिल्मस ले गरेको छ ।
उक्त तीज गीतको भिडियो सम्पादन तथा कलर ग्रेडिङ निर्मल प्याकुरेलले गरेका हुन् । यामु मगरले कोरियोग्राफी गरेको गीतको निर्देशन भने गिरी आफैले गरेका हुन् । सुर्खेती सर्जक गिरीले यसअघि पनि थुप्रै तीजका कोसेलीहरू बजारमा ल्याइसकेका छन् ।
गिरीले अघिल्ला वर्षहरूमा मेरो सारी मैदानै लर्काउने, युकेको सहरमा किनेको सारी, जुरेली चरिले खायो बरिलै, काकरिको अचार, टल्कियो चोलीमा सितारा लगायतका चर्चित तीजका गीतहरू सार्वजनिक गरिसकेका छन् । बैशालु उमेर नाच्दिन्छु घुमेर’ बोलको गीतलाई पनि दर्शक श्रोताले विगतका सिर्जना जत्तिकै रुचाउने विश्वास लिएको सर्जक गिरीले बताए ।
भिडियो हेर्नुहास् ।