२०८३ वैशाख ४ , शुक्रबार

कर्णाली क्रिकेट सङ्घको अध्यक्षमा खड्का, सचिवमा केसी चयन



सुर्खेत । नेपाल क्रिकेट सङ्घ (क्यान) को कर्णाली प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा पदम बहादुर खड्का निर्वाचित भएका छन् । बुधवार भएको सङ्घको प्रथम साधारण सभा तथा अधिवेशनबाट सुर्खेतका खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै सङ्घको उपाध्यक्षमा कालिकोटका खड्कजंग शाही, सचिवमा सुर्खेतका श्रीधर केसी र कोषाध्यक्षमा सुर्खेतकै सूर्य थापा चयन भएका छन् ।  ९ सदस्यहरूमा रुकुमका बालकुमार नकाल र कुल प्रसाद ओली, सल्यानका सविन हमाल र बुलन्द बाबु सेजुवाल, कालीकोटका दमनराज शाही, सुर्खेतका प्रकाश भुसाल, दैलेखका पवनकुमार थापा, समुन्द्र शाही र मनोज नेपाली चयन भएको नवनिर्वाचित सचिव केसीले खबरदृष्टिलाई जानकारी दिए ।

क्यानको केन्द्रीय अधिवेशन असोजको पहिलो साता हुँदै छ । उक्त केन्द्रीय अधिवेशनका लागि कर्णाली प्रदेशका सबै जिल्लामा अधिवेशन पुरा भइसकेको छ ।

प्रकाशित मिति : २०८० भदौ १३ गते बुधबार