२०८३ वैशाख २५ , शुक्रबार

सामाजिक सुरक्षा सम्वन्धी कार्याक्रम सम्पन्न



सुर्खेत २८ फागुन

शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजना र वीरेन्द्रनगर नगरपालिका वडा नंं. १ को सहकार्यमा सामाजिक सुरक्षा सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का अध्यक्ष गंगाराम सुनारको अध्यक्षतामा भएको कार्याक्रममा वडा नंं १ का वडा सदस्यहरु बुद्धिसरा सुनार, सोमानसिहं वली तथा स्थानीयको सहभागितामा सम्पन्न भएको थियो भने सामजिक सुरक्षा शाखा गुर्भाकोटका अधिकृत ओमप्रसाद चपाईले गरेका थिए ।

सो कार्याक्रममा संस्थाका तर्फबाट स्वागत मन्तव्य राख्दै संस्थाकी प्रादेशिक सम्पर्क व्यक्ति शान्ता भुषालले कार्याक्रमको उद्देश्यबारे आफ्ना धारणा व्यक्त गरेकी थिईन ।

यस्तै वडा नंं १ का वडाध्यक्ष गंगाराम सुनारले सामाजिक सुरक्षा भत्ता मात्रैलाई साघँुरोअर्थमा बुझन नहुँने तर्फ आफ्ना विचार राखेका थिए ।

यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा सदस्य बुद्धिसरा सुनारले कार्याक्रममा जाने बुझेका कुराहरु आफुले समाजका अरु नागरिकसम्म लैजाने बताईन ।

प्रकाशित मिति : २०७७ चैत १ गते आइतबार