सुर्खेत । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायिका एलिना चौहानको स्वरमा रहेको ‘मखमलीको तिहार ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा बाबू दिल बिक्रम शाहीको शब्द रहेको छ भने संगित राजु सुनामले गरेका छन् । गितको म्युजिक एरेन्जरको पाटोमा राजु सुनामले नै गरेका छन् । रेकर्डिङ बिमल छिनाल, बिनोद परियारले गरेका छन । उक्त गितलाई स्टुडियो वजनले निर्माण गरेको हो । यतिवेला गाउँ घरमा हेर्ने हो भने दिनप्रतिदिन प्रदेशी , लाउरेहरु भित्रिदै छन । तर एउटौ परिवारका दाजुभाइ नै यसपाली पनि प्रदेशमै बस्नुपर्ने बध्यता भएको छ । मखमली फुलहरु फुलिरहेका छन् । सोही फुलहरु हेर्दै एउटा बहिनिले आफ्नो दाइभाइलाई कुरिरहेको देख्न सकिन्छ । बैनिले गित मार्फत प्रदेशमा भएका आफ्ना दाजुभाईको लागि पीडा पोखेको गितमा देख्न सकिन्छ ।
उक्त गितमा कति रुन्छु दाइ तिम्रै पिरले, नरोउ बैनी भन्दै तस्बिरले लगायतका शब्द समेटिएको छ । भिडियोमा स्वस्तिका कर्माचार्य , सुर्य नेपाली र बिक्रम सुनार फिचर्ड छन । भिडियो निर्देशन सम्पादन सुनिल विश्वकर्माले गरेका छन भिडियो राजु सुनाम अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस् ।