२०८२ मंसिर १९ , शुक्रबार

आज चितवन र कर्णाली तथा विराटनगर र पोखराबीच प्रतिस्पर्धा हुँदै

एनपीएल


काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ ।

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् । यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौं गोर्खाजले सुखद सुरुआत गरेको छ ।

जितसँगै काठमाडौंले अङ्कतालिकामा दुई अंक पनि जोड्यो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही १ मंसिरदेखि सुरु प्रतियोगिताको फाइनल २७ मंसिरमा हुनेछ । प्रतियोगिताका विजेताले १ करोड १० लाख पाउने क्यानले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार