मुगुको सोरुकोट गाउँ सौर्य ऊर्जाले झिलीमिली

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १३ असार २०८०, बुधबार १४:१३

मुगु । मुगुको सोरु गाउँपालिकामा सौर्य ऊर्जाको बत्तीले झिलीमिली देखिएको छ । वैकल्पिक ऊर्जा र गाउँपालिकाको आर्थिक सहयोगमा एक सय ३६ सोलार पाता र ९६ ब्याट्री जडान गरेर ६० वाटको विद्युत् उत्पादन गरी दुई सय परिवारको घरमा विद्युत् पु¥याइए पछि गाउँपालिकाको सोरुकोट सौर्य ऊर्जाको बत्तीले झिलीमिली देखिएको हो ।

दियालोको भरमा रात कटाउँदै आएका सोरुकोट, रोकायाबाडा, बन्जाहलगायत गाउँका बासिन्दा सौर्य ऊर्जाबाट घरमा बिजुली बाल्न पाएपछि खुसी भएका छन् । सौर्य ऊर्जाको बत्ती बाल्न पाउँदा खुसी लागेको सोरुकोट गाउँका उनबहादुर शाहीले बताए ।

गाउँपालिका, प्रहरी चौकी, वन डिपो, खाद्य डिपो, इलाका प्रशासन कार्यालय रहेको सोरुकोटमा सौर्य ऊर्जाको बत्तीले कर्मचारीलाई कामकाज गर्न पनि सहज भएको बताइएको छ । यस्तै, सौर्य ऊर्जाको बत्तीले पालिकाको प्रशासनिक कामकाज गर्न सहज भएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।

पानीको स्रोत नभएको सोरुकोटमा वैकल्पिक ऊर्जा र पालिकाको आर्थिक सहयोगमा सौर्य ऊर्जा प्रविधिबाट विद्युत् उत्पादन गरिएको हो ।सोरुकोटका बासिन्दालाई रातमा उज्यालोदेखि मोबाइललगायतका विद्युतीय उपकरण चार्ज गर्न तथा साना उद्योग सञ्चालन गर्न सुविधा भएको छ ।

Next Post

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

१३ असार २०८०, बुधबार १४:१३
सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी ५० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १२ कि टिका सुनार रहेको प्रहरीले जनाएको छ । मङ्गलवार राति घण्टाघर चोकदेखि कपासेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ प ७४६१ नम्बरको मोटरसाइकलले वीरेन्द्रनगर ७ घण्टाघर नजिकै उनलाई ठक्कर दिँदा […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031