२०८३ वैशाख २८ , सोमबार

वीरेन्द्रनगरका यी स्थानमा आज विद्युत सेवा बन्द हुने



सुर्खेत । वीरेन्द्रनगरमा आज विधुत सेवा बन्द हुने भएको छ । वीरेन्द्रनगरको बुलबुले फिडर अन्तर्गत सम्पुर्ण ११ के भी.लाईन मर्मत कार्य हुने हुँदा बुदबुदी सब स्टेसनदेखि मंगलगढी, एरिचोक, मुलपानी चोक, प्रदेश अस्पताल, रेडियो नेपाल ,टेम्पुपार्क, फलाटे, रानिघाट,हुँदै सिरिचैर सम्म विधुत बन्द हुने सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

विद्युत बिहान १० बजे देखि साझ ५ बजेसम्म बन्द हुने भएको प्राधिकरणले जनाएको छ । समय अवागै काम सकिएमा तोकिएको समयभन्दा पनि अगाडी लाईन आउन सक्ने कार्यालयले जनाएको छ । यस्तै पिपिरा फिडर अन्तर्गत दमार देखि बड्डिचैर सम्म पनी लाइन मर्मत हुदाँ सो क्षेत्रमा पनी आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत बन्द हुने प्राधिकरणले जनकारी दिएको छ ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिबार