
हुम बहादुर कार्की, सुर्खेत । गुर्भाकोटमा रेविज लागेर एक गोरुको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर २ खरिगैरा स्थित चन्द्र बहादुर वलिको एउटा गोरु रेबिज लागेर मृत्यु भएको छ ।
गत बिहिबार देखि रेबिज रोगको लक्षण जस्तै मुखबाट र्याल छोड्ने मानिस लाई झम्टन खोज्ने पानी देखि डराउने कराउने जस्ता लक्षण देखा परेको थियो । सोहीक्रम मा पशु प्राबिधिक निरुता आचार्यले गोरु लाई रेबिज लागेको भन्दै गोरु लाई सुरक्षित साथ बाधिएर अन्य पशु लाई टाढै बाध्न आग्रह गरेकी थिइन् ।
गोरुमा रेबिजको लक्षण देखा परे लगत्तै सम्पर्कमा रहेका घरपरिवारलाई रेबिज विरुद्धको खोप लगाउन आचार्यले सुझाब दिएका थिए । उक्त गोरुको मृत्यु आईतबार साँझ भएको वलिले बताए । गोरुको मृत्यु भएपछि खाडल खनी गोरुलाई गाडिएको छ । अन्य पशुचौपायामा पनि रेबिज हुन सक्ने भन्दै सतर्कता अपनाउन वडा कार्यालयले आग्रह गरेको छ ।