२०८२ मंसिर २२ , सोमबार

कर्णाली एक्सपो (महोत्सव) भोलीबाट सञ्चालन, रक्षामन्त्री खड्काले उद्घाटन गर्ने



सुर्खेत । धेरै विवादित र चर्चा भएको तेस्रो कर्णाली एक्सपो भोलीबाट सञ्चालन हुने भएको छ । आयोजक सुर्खेत उद्योग वाणिज्य सङ्घले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव भोली (फागुन १५)बाट सुरु भएर फागुन २३ गतेसम्म वीरेन्द्रनगरको खुल्ला मञ्चमा लाग्ने जानकारी दिएको हो ।

प्रचारप्रसार, मञ्च तथा स्टल व्यवस्थापनलगायत महोत्सवको भोली बिहान नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले उद्घाटन गर्ने सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।

भोली बिहान ११ बजे मंगलगढी चोकबाट झाँकीसहितको ¥याली निकालिने छ । यस्तै साढे १२ बजेबाट महोत्सवको उद्घाटन भएपछि अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिने कँडेलले जानकारी दिए । कर्णाली एक्सपोको मुख्य उद्देश्य कर्णालीको व्यापार तथा पर्यटन प्रवर्धन र प्रचारप्रसारसँगै यहाँका संस्कृति, जडीबुटी र सम्भावनाको उजागर गर्ने रहेको छ ।

महोत्सवमा ५ सय बढी स्टलहरू राखिएको र यसबाट स्थानीयले सुपथ मूल्यमा विभिन्न सामग्री पाउने छन् । यस्तै महोत्सवमा विशेष छुटसहित प्याराग्लाइडिङ उडान र अवतरणको समेत व्यवस्था मिलाइएको छ ।

यी समाचार पनि हेर्नुहोस् – कर्णाली एक्सपो (महोत्सव) सञ्चालनको बाटो खुल्यो, ‘कर्णाली एक्सपो’ (महोत्सव) नचलाउन अदालतको अन्तरिम आदेश, कर्णाली एक्सपो (महोत्सव) को मिति स¥यो, सुर्खेत उद्योग वाणिज्य संघले लगाउने महोत्सवमा अनियमितताको आशंका !

प्रकाशित मिति : २०८० फागुन १४ गते सोमबार