वीरेन्द्रनगरमा दुई वटा मोटरसाइकल ठोक्किँदा चार जना घाइते

खबरदृष्टि सम्वाददाता २२ फाल्गुन २०८०, मंगलवार ११:४९

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१० दीपनगर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । वीरेन्द्रनगरको पदमपुरचौकबाट घुस्रातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ प ४६०७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०२००१ प ८६८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा दैलेख गुराँस गाउँपालिका–८ बस्ने वर्ष १८ का अनिल केसी, चिङ्गाड गाउँपालिका–५ बस्ने वर्ष १७ का भक्तराज केसी, वीरेन्द्रनगर–१० बस्ने वर्ष २२ का अनिल चौधरी र सोही ठाउँ बस्ने वर्ष २२ का दुर्गे नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवम् प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनकाअनुसार उनीहरूको हात र खुट्टा चोट लागेको र अवस्था सामान्य रहेको छ । घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र दुर्घटनामा परेका दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Next Post

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता

२२ फाल्गुन २०८०, मंगलवार ११:४९
सुर्खेत ।  कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् । अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031