एनपीएलमा आज सुदूरपश्चिम र कर्णाली भिड्दै

खबरदृष्टि सम्वाददाता १ पुष २०८१, सोमबार ०८:२३

सुर्खेत । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको अन्तिम लिग खेल आज सोमबार हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलपछि शीर्ष चार स्थानमा रहेर प्लेअफ पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने समीकरण पनि तयार हुनेछ । सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफ पुगिसकेका छन् । सुदूरपश्चिम ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स ७ खेलबाट १० अंक जोडेर दोस्रोमा छ । सुदूरको नेटरनरेट राम्रो रहेकोले बोल्ट्स भन्दा अघि रहेको हो ।

चितवन, कर्णाली र काठमान्डु गुर्खाजको समान ८ अंक छ । चितवन र काठमान्डुले सबै ७ खेल खेलिसकेका छन् । ८ अंक हुने तीन टिम मध्ये नेटरनरेटका आधारमा अघि रहेपनि चितवनले प्लेअफमा स्थान बनाएको हो ।

Next Post

विद्यालय तथा स्वास्थ्य संस्थाका भवन पुनःनिर्माण गर्दै कर्णाली सरकार

१ पुष २०८१, सोमबार ०८:२३
सुर्खेत । कर्णाली प्रदेश सरकारले दुई जिल्लामा भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने भएको छ। गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय तथा स्वास्थ्य संस्था निर्माण गर्न प्रदेश सरकारले नाम र सङ्ख्या टुङ्गो लगाएर अख्तियारी प्रदान गरेको हो। जाजरकोट र सल्यानमा भूकम्पबाट भत्किएका भौतिक संरचनाको […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031