
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले काम विकास भएको ठाउँका सबै जनता विकासको मामिलामा मिल्नु बाहेक अरू विकल्प नभएको बताएका छन् । शुक्रवार चौकुने -२ लगामको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै विकास सबैको भएकोले विकास मामिलामा सबै दल र जनता एकै ठाउँमा हुनु पर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।
हाम्रो समाजमा एक्लै हिँड्ने चलन छ एक्लै हिँड्दा व्यक्तिलाई फायदा होला तर समाज पछाडि पर्छ, समाज अगाडिको बढाउन सबै मिल्नु पर्ने हुन्छ जब सम्म समाजका सबै व्यक्ति एकै ठाउँमा हुँदैनन् त्यस समय सम्म विकासले गति नसक्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
आजको प्रमुख रूपमा रहेका समस्या भनेको सडक, विद्युत्, सुकुम्वासी लगायतका समस्या समाधानमा गर्ने कुरामा ध्यान जाने मुख्यमन्त्री कँडेलले बताए । सुर्खेतको पश्चिमा बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा भइरहेको विकास निर्माणका कामको अनुगमन तथा कामको प्रगतिको जानकारी लिएका थिए ।