यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २६ बैशाख २०८२, शुक्रबार १८:४९

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक आज शुक्रबार दिउँसो ३ बजे बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले स्थानीय सेवा सम्बन्धी पुरानो विधेयक फिर्ता लिँदै नयाँ संशोधन विधेयक पेश गर्ने निर्णय गरेको छ ।

गत चैत ११ गते दर्ता गरिएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिने निर्णय गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले जानकारी दिए । उनले सोही विषयमा नयाँ संशोधन विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको बताए ।

बैठकले ‘कर्णाली प्रदेश ससर्त अनुदान सम्बन्धी कार्यविधि, २०८२’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यसका साथै, ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ लाई प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जनसहित प्रदेश सभामा पेश गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता शाहले जानकारी दिए ।

Next Post

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट वृद्धा गम्भीर घाइते

२६ बैशाख २०८२, शुक्रबार १८:४९
सुर्खेत । सुर्खेतमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एकजना वृद्धा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा दैलेख भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी ७२ वर्षीया तुलसी जैशी रहेकी छन् । शुक्रवार अपराह्न वीरेन्द्रनगर बजारको मूलपानी चोक नजिकै जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी जैशीलाई बाँगेसिमलतर्फ जाँदै गरेको भे १ ख […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031