
सुर्खेत । सर्खेतको लकवेशीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लेकवेशी नगरपालिका-९ बस्ने ३८ वर्षीय धन बहादुर रावत रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय लेकबेशी सुर्खेतले आज बिहान ११:३० बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
पक्राउ परेका रावतलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार