कालीकोट । कालीकोटमा माटोको ढिस्कोले च्यापिएर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ की २७ वर्षीया मीना शाही रहेकी छन् ।
उनी घर पोत्ने माटो लिन घुगाने भीरमा गएकी थिइन् । माटो खन्ने क्रममा ढिस्कोले च्यापेर शाहीको मृत्यु भएको स्थानीय वडाध्यक्ष देवनाथ योगीले बताए ।
प्रकाशित मिति : २०८० भदौ २० गते बुधबार