
हुम्ला । लामो समय प्रमुख प्रशासकीय अधिकृत बिहिन सर्केगार्ड गाउँपालिकाले पहिलो पटक महिला अधिकृत पाएको छ । गाउँपालिकाले महिला अधिकृत रुपमा शान्ति लामालाई पाएको हो ।
२०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन यता सर्केगाड गाउँपालिका अधिकांश समय निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भइरहेको थियो ।
लामो समय निमित्तकै भरमा सञ्चालन भएका हुम्लामा स्थानीय तहबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ्ग लागेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत पठाएको हो ।
सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाय र प्रमुख प्रशासकीय अधिकृत लामा मंगलबार सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट पुगेका छन् । अध्यक्ष रोकायले अधिकृत लामा अबको केही दिनमै गाउँपालिका गएर कामको सुरुवात गर्ने जानकारी दिए
प्रकाशित मिति : २०८० भदौ २० गते बुधबार