हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २० भाद्र २०८०, बुधबार १५:५९

सुर्खेत । कालीकोटकी एक सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । खाँडाचक्र नगरपालिका १० की २० वर्षिया विमला गोरालको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उनी स्वास्थ्यचौकी पाखामा सुत्केरी भएकी थिइन् । सुत्केरीपछि शरीरमा रगतको मात्रा घट्दै गएको र रगत बग्न नरोकिएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उनलाई प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले समयमै उद्धार भएकाले सुत्केरी गोराल र बच्चाको ज्यान जोगिएको बताए । स्वास्थ्यचौकी पाखाका इन्चार्ज नयाँबहादुर बिष्टले अस्पतालमा छोराको जन्म नर्मल भए पनि ४२ हप्ता नाघिसकेका कारणले आमाको पाठेघरमा इन्जुरी भएकाले रगत बग्न नरोकिएको बताए ।

गोरालको शरीरमा रगतको मात्र ८ प्वाइन्ट मात्र थियो । रगत बग्न समेत नरोकिएपछि आपतकालीन हेलिकप्टरमार्फत उद्धार गरिएको चिकित्सकको भनाइ छ । अहिले गोराल खतराबाट मुक्त रहेको चिकित्सकले बताएका छन् ।

Next Post

जाजरकोटमा वर्षा र हावाहुरीले मकैबालीमा क्षति

२० भाद्र २०८०, बुधबार १५:५९
जाजरकोट । सोमबार साँझ अविरल वर्षासँगै आएको हावाहुरीले जाजरकोटका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा क्षति पुगेको छ । जाजरकोटको शिवालय गाउँपालिका, भेरी नगरपालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा हावाहुरीले क्षति पु¥याएको हो । शिवालय गाउँपालिका वडा नं ६ को पाल्त, जाँत खतेना र काँडागाउँ, भेरी नगरपालिका–११ जगतीपुर लगायतका […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930