सहिदपार्कबाट एक जना फरार प्रतिवादी पक्राउ

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २१ भाद्र २०८०, बिहीबार १२:१६

सुर्खेत । लागूऔषध (ब्राउन सुगर) मुद्दाका एक जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतबाट लागूऔषध मुद्धामा गत चैत २२ गते लगत नं ३६८४ बमोजिम ७ महिना ११ दिन कैद सजाय पाएका वीरेन्द्रनगर– ४ बस्ने वर्ष २९ का लक्ष्मण भनिने तारा बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरीको टोलीले वीरेन्द्रनगर –४ सहिदपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

Next Post

बाँफिकोट गाउँपालिकामा ‘स्तनपान कक्ष’ सञ्चालन

२१ भाद्र २०८०, बिहीबार १२:१६
आशा विक, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई लक्षित गरी नगरपालिकाले बिहीवारबाट छुट्टै ‘स्तनपान कक्ष’ सञ्चालन ल्याएको हो । गाउँपालिकाले आफ्नै भवनमा ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष तारा बुढा केसीले जानकारी दिइन् । गाउँपालिकामा सेवा लिन र दिन आउनेले […]

सम्बन्धित समाचार

September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930